सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीमाथि रास्वपाका कार्यकर्ताद्वारा दुर्व्यवहार

सुरक्षा सम्बादाता १३ माघ २०८१ कैलाली; सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि दुर्व्यवहार भएको छ ।कञ्चनपुरको महेन्द्रनगरबाट धनगढी आउँदै गर्दा दैजी चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले रावल चढेको गाडी रोकेका थिए। शनिवार सरकारी सवारी दुरुपयोग भएको भन्दै उनीहरूले रावलमाथि दुर्व्यवहार गरेका थिए ।‘महत्त्वपूर्ण कामले म महेन्द्रनगरबाट धनगढी जाँदै थिए । शनिवार पास छैन भन्दै गाडी रोकेर दुर्व्यवहार गरियो पास हुँदा हुँदै नियोजित ढंगले ममाथि जाइलाग्ने गरी गाडी रोकियो’ रावलले भने, ‘प्रहरीकै सामुन्ने दुर्व्यवहार भएको हो ।’रावलका स्वकीय सचिव राजबहादुर चन्दले विज्ञप्ति निकालेर रास्वपा कार्यकर्ताले गाडी रोकेर चालकलाई गालीगलौज, हातपातको प्रयास र गाडी तोडफोड गर्न खोजेको बताएका छन् । यस्तै उनले उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।घटनाका क्रममा सुरक्षाको जिम्मेवारीमा रहेको नेपाल प्रहरी मूकदर्शक बनेको आरोप लगाइएको छ। बिदाको दिन प्रदेश सभा सचिवालयबाट अनुमति लिएर हिँडिरहेको अवस्थामा यस्तो दुर्व्यवहार भएको भन्दै चन्दले घटनाको छानबिन गर्न माग गरेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले पूर्व मुख्यमन्त्रीमाथि सडकमा दुर्व्यवहार भएको भन्दै घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिई परिवारको जिम्मा लगाइएको बताए ।

प्रकाशित : ३ हप्ता अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs