नेपाल प्रहरीका इन्स्पेक्टर नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर

सुरक्षा सम्बादाता १३ माघ २०८१ काठमाडौं; नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर भएका छन्।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।विष्टलाई ४ हजार जरिवानाको फैसला भएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा मुद्दा दायर गरेको थियो।नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा प्रहरी निरीक्षक विष्टले प्रहरी सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी गरेको थियो। माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाई स्कुल एण्ड इन्टरमिडियट एजुकेसन युपीबाट जारी भएको प्रमाण पत्र नक्कली रहेको विशेष अदालतको ठहर छ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमार्फत परीक्षणका लागि पठाएकोमा अपुष्ट भन्ने विवरण प्राप्त भएको अदालतले उल्लेख गरेको छ।विष्ट २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका थिए।

प्रकाशित : ३ हप्ता अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs