अहिलेको गणतन्त्रलाई जनताको गणतन्त्रमा रूपान्तरण गर्ने बिप्लव को दाबी

सुरक्षा सम्बादाता १३ माघ २०८१ काठमाडौं; नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको गणतन्त्रलाई जनताको गणतन्त्रमा रूपान्तरण गर्ने बाटो तर्फ अघि बढेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण कार्यक्रममा विप्लवले मुलुकमा गणतन्त्र आए पनि जनताले त्यसको महसुस गर्न नसकेको भन्दै जनताको गणतन्त्रमा रूपान्तरण गर्ने बाटो तर्फ अघि बढेको बताएका हुन् ।

Advertisement 1

नयाँ पुस्तालाई साथमा लिएर नेपालमा नै बसेर आफै ताकतमा राष्ट्र निर्माण गर्ने योजना रहेको बिप्लवले बताए । उन्ले पार्टीले कृषिमा क्रान्ति गर्दै अहिले नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या नहुने अवस्था बनाएको दाबी गरे ।

तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु पर्ने ठाउँबाट मुक्त गर्ने अठोटका साथ अघि बढेको उनले बताए । बिप्लवले सोमबार बुढानीलकण्ठमा सी व्यापार केन्द्र खोल्न लागिएको जानकारी दिए । नेपालसँग भएका स्रोत साधनको प्रचुर मात्रामा सदुपयोग गर्न सके कुनै देशसँग सहयोग माग्न नपर्ने उनले बताए ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs