ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिलहरु पदबाट बर्खास्त

१५ माघ २०८१ काठमाडौं; अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिलहरु पदबाट बर्खास्त भएका छन् ।सीबीएस न्यूजका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् । राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् ।बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए ।जो बाइडनले चुनाव जित्ने निश्चित भएपछि ट्रम्प समर्थकहरु तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो । त्यसपछि ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको थियो ।

Advertisement 1

अनुसन्धानका लागि स्मिथलाई विशेष वकिलको रुपमा नियुक्त गरिएको थियो । तर सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएपछि अनुसन्धानको फाइल बन्द गरिएको थियो । ट्रम्पले पद सम्हालेलगत्तै उनीहरुलाई पदबाट हटाउने घोषणा गरेका थिए ।

बर्खास्तीको निर्णय सोमबारदेखि नै कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ ।स्मिथ ठूला भ्रष्टाचार र राष्ट्रिय सुरक्षामा आँच आउने क्रियाकलापका अनुसन्धानमा संलग्न अब्बल अधिकारी मानिन्थे । तर उनले ट्रम्पमाथि आफूले गरिरहेको अनुसन्धानको बचाउ गरेका थिए । उनले आफ्नो अनुसन्धान बाइडेन प्रशासनबाट प्रभावित नभएको प्रष्टीकरण दिएका थिए ।यसैबीच ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । नयाँ कार्यकारी आदेश ट्रान्सजेण्डरको सैन्य भर्ती, कोभिड भ्याक्सिन लगाउन इन्कार गर्नेहरुलाई सैनिक सेवामा पुनर्वहाली तथा विविधता र समावेशीसँग सम्बन्धित रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित : २ हप्ता अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs