अनलाइन बेटिङ कारोबार गरेको आरोपमा दुईजना पक्राउ

सुरक्षा सम्बादाता १५ माघ २०८१ काठमाडौं; अनलाइन बेटिङ कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

Advertisement 1

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजप्रसाद श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का हरिचन्द्र भुजेललाई पक्राउ गरेको हो ।

 

Advertisement 2

उनीहरुले दुई करोड रुपैयाँभन्दा धेरै रकमको अनलाइन बेटिङ कारोबार गरेको आरोप छ ।

उनीहरूले मन्त्र १०८ नामक वेबसाइटबाट अनलाइन बेटिङ खेल्ने तथा खेलाउने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । दुई करोड ४१ हजार ६३६ रुपैयाँबराबरको कारोबार उनीहरूले गरेका छन्।

Advertisement 3

क्रिप्टोमा पनि लगानी गरेको उनीहरूको मोबाइल परीक्षणबाट खुलेको बताइएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको छ ।

प्रकाशित : २ हप्ता अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs