पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न पत्रकार महासंघलाई मेयर हर्क साम्पाङको चुनौती

सुरक्षा सम्बादाता १५ माघ २०८१ धरान; धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासंघलाई पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न चुनौती दिएका छन्।पत्रकार महासंघले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुनसरीस्थित धरानका एक जना पत्रकारलाई समाचार लेखेकै कारण गालीगलौज गरेको र धम्की दिने काम भएको भन्दै कारवाहीको माग गरेको थियो ।धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)मा ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए।

Advertisement 1

उक्त समाचार प्रकाशित भएपछि मेयर साम्पाङ र उनका समर्थकहरूले धम्की दिएको भन्ने खालको घटना आएपछि पत्रकार महासंघले यसबारे अध्ययन गर्न समिति नै गठन गरेको थियो।महासंघको प्रतिवेदनमा धरानका मेयर साम्पाङ र उनका समर्थकले गोपाल दाहाललाई समाचार लेखेकै कारण ज्यान लिने सम्मको धम्की दिएको उल्लेख छ।

पत्रकार महासंघले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएपछि मंगलबार मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै कहाँ, कसरी धम्की दिएको हो प्रमाणित गर्न पत्रकार महासंघलाई कडा चुनौति दिएका हुन्।

प्रकाशित : २ हप्ता अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs