नेपाल प्रहरी बिधेयक पुग्यो संसदमा, यस्तो छ १६ वर्षे पेन्सनसम्बन्धि प्रावधान

सुरक्षा सम्बादाता १५ माघ २०८१ काठमाडौं;१६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने प्रावधानसहितको प्रहरी बिधेयक अन्ततः संसद पुगेको छ।गृह मन्त्रालयले बिधेयक मंगलबार संसदमा दर्ताका लागि पेश गरेको हो । बिधेयकमा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनसम्बन्धि प्रावधान समावेश छ ।बिधेयकको दफा ५७(ग)मा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीले न्यूनतम १६ वर्ष सेवा अवधि पुगेमा पेन्सन पाउने उल्लेख छ ।तर, पेन्सन भने उनीहरुले प्रहरी सेवामा नियुक्त भएको २० वर्ष सेवा अवधि पुगेपछि मात्र दिने उल्लेख छ ।प्रहरीका कर्मचारीले यस्तो प्रावधानका लागि माग गर्दै आएका थिए । यद्यपी बिधेयक संसदबाट पास भएपछि मात्र यो कार्यान्वायनमा जानेछ ।त्यसका लागि केही महिना लाग्न सक्नेछ । बिधेयकमा ३० वर्षे सेवा हद नराख्ने तथा आइजिपीको अवकाशको उमेरहद ६० वर्ष बनाउने उल्लेख छ ।

Advertisement 1

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs