सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

दिनेश राज न्यौपाने
१६ माघ २०८१ कोहलपुर ; बाँकेको कोहलपुरका स्थायी बासिन्दा सामाजिक भोलेन्टियर दिनेश उपाध्यायको सक्रियतामा दुर्घटना न्यूनीकरण गर्न मेटिएका जेब्रा क्रसिङमा थप कलरिङ गरिएको छ। पछिल्लो तीन बर्ष देखि निरन्तर रुपमा सम्बन्धित सरोकारवाला निकाय जिल्ला प्रहरी कार्यालय बाँके ,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रत्येक्ष प्राविधिक र अभिभावकिय सहयोगमा विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको स्वयंसेवक न्यौपानेले जानकारी दिनु भएको छ। बुधबार कोहलपुरको अतिबेस्त मानिने न्युरोड चोकमा रहेको कोहलपुर नेपालगन्ज सडक खण्डमा रहेको जेब्रा क्रसिङमा कोहलपुरका युवा अभियान्ता उमेश जङ ठकुरीको सहयोगमा र सुरक्षा राष्ट्रिय दैनिक, इलाका प्रहरी कार्यालय कोहलपुर ,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके ,कोहलपुर नगर प्रहरी साथै सचेत युवा कोहलपुर त्यस्तै कोहलपुरमा क्रियाशिल पत्रकार समाजसेवी नागरिक समाज लगायतको उपस्थितमा कार्यक्रम गरिएको स्वयंसेवक न्यौपानेले बताउनु भएको छ। जेब्रा क्रसिङ सडक सुरक्षा मापदण्डअनुसार मुख्य मानिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले निरन्तर कार्य गर्दैआएको भएपनी आआफ्नो क्षेत्रबाट सबैले यस्ता खालका सचेतना मुलक कार्यक्रम गरेको खण्डमा थप टेवा पुग्ने भन्दै धन्यवाद समेत प्रकट गर्नु भएको थियो। कार्यक्रममा उपस्थित कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले कोहलपुर लाई सडक दुर्घटना न्यूनीकरण गर्न आफुहरुले अहोरात्र कार्य गर्दै आएको बताउदै आम नागरिकले आआफ्नो क्षेत्रबाट सचेतना हुँदा र गराउदा अझै सजिलो र सहाज हुने बताउदै आयोजकलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। आयोजक समेत रहेका न्यौपानेले आफ्नो सडक दुर्घटना न्यूनीकरण एक मात्र संकल्प रहेको बताउदै आजको कलर सहयोग गर्ने युवा अभियान्ता उमेश जङ ठकुरी लगायत उपस्तिथ सम्पुर्ण क्षेत्र र सरोकार निकायका ब्यक्तिहरुलाई आभार प्रकट गर्दै आगामी दिनमा समेत सबैको उल्लेखनीय उपस्तिथि र सहभागीताका लागि अपिल गरेका थिए ।

Advertisement 1

प्रकाशित : २ हप्ता अगाडि

सडक दुर्घटना न्यूनीकरणका लागि मेटिएका जेब्रा क्रसिंमा कलरिङ

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डेण्टल कोर्समा अध्यन सुरु संगै अत्याधुनिक उपचार सेवा सुचारु

कोहलपुर नगरपालिकाले निकाल्ने पठनपाठन स्थगित सुचना आउदैन कार्यनयनमा

एक बर्ष कार्यकाल कुशलता पुर्वक निर्वाह गर्दै सरुवा भए ३० नम्बर गणका गणपति एस. पि डाँगी

सब इन्जिनियरलाई इन्जिनियर बनाउन कोहलपुर नगर बिकास समितिको कार्यबिधी नै परिवर्तन

Designed by Gorkhaly Labs