नक्कली प्रहरी इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दायर

सुरक्षा सम्बादाता १८ माघ २०८१ काठमाडौं; नक्कली इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

Advertisement 1

नक्कली इन्सपेक्टर काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय सुदीप थापा, कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरी र तनहुँ घर भएका ४६ वर्षीय रत्न लामिछानेविरुद्ध मुद्दा दायर भएको हो ।

 

Advertisement 2

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका थापा र चौधरी पक्राउ परेका छन् भने लामिछानेलाई भने फरार प्रतिवादी बनाइएको छ ।

नक्कली इन्सपेक्टरलाई २२ पुसमा पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।

Advertisement 3

थापाले इन्सपेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरी पोशाक समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्वीर समेत देखाएर ठगी गर्ने गरेको खुलेको छ ।

प्रकाशित : ४ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs