भीमबहादुर शाही ‘अशोक’को २७ औं कृति मनकी पर्यासन संस्मरण सङ्ग्रह शनिबार नेपालगन्जमा विमोचन


दिनेश राज न्यौपाने
०३ फागुन २०८१ नेपालगन्ज ; भीमबहादुर शाही ‘अशोक’को २७ औं कृति मनकी पर्यासन संस्मरण सङ्ग्रह शनिबार नेपालगन्जमा विमोचन कार्यक्रम सम्पन्न भएको छ। वरिष्ठ अधिवक्ता समेत रहेका शाहीले लामो समयदेखि नेपाली साहित्यलाई उजागर गर्दै आउनु भएको हो। नेपालगन्ज उप- महानगरपालिका -१८ स्थित उज्वलनगर गोलपार्कमा सर्वदा साहित्य सङ्‌गमद्वारा आयोजित विमोचन कार्यक्रम प्रा.डाक्टर जनार्दन शर्माको सभापतित्वमा र शशि राम कार्किको प्रमुख आथित्यतामा भएको कार्यक्रममा साहित्यकार महानन्द ढकाल लगायतका सर्जकहरुको बिशेश आथित्यतामा सम्पन्न भएको हो। बिक्रम सम्बद २००९ सालमा दैलेखको छवाला माता
स्व महेश्वरी शाही र पिता स्व मानबहादुर शाहीको कोखबाट जन्मिनु भएका शाही साहित्य क्षेत्रमा अब्बल देखिदै आउनु भएको छ । शाहिले आफ्नो पहिलो संग्रहका रुपमा स्वप्नावली (फ्य)विमोचन गरे पश्चात् हालसम्म करिव २७ वटा पुस्तक विमोचन गरिसक्नु भएको छ। शाली क्रमश; अभागिनी जामा (शोककाव्य),विजया र कान्तावती (खण्डकाव्य),
डोल्पा दर्पण (खण्डकाव्य),धोका (कथासङ्ग्रह,वेदना मनभित्रका (शोकाय),मेरो जीवनका पाइला (खण्डकाव्य), झ्यालबाट बाहिर हेवों (काव्य),नेपाल दर्पपा (काव्य),दोबाटो (उपन्यास),सुखसागर (काव्य), मैयाँ (उपन्यास), प्रभाव (उपन्यास),छोरो (उपन्यास),
बोलीको गोली (उखानटु‌क्कालयह),धर्मको झोला (काव्य), नेपाली चण्डी (अनुवाद), चाणक्य ज्ञानमाला (अनुवाद),जोगी र भोगीको संवाद (काव्य),शान्ति क्षेत्रभित्रको न्वाना क्षेत्र (काव्य),इन्जिनियरकी आमा (उपन्यास),मेरो मानसपटलमा छापिएका कुरा (कथासङ्ग्रह),रास्कोटि शाही ठकुरीको वंशावली,सात समुद्रपारि अमेरिकाको यात्रा (नियाषा),सुनसरीको कथा, निर्मलाको व्यथा नलिनाको रमिता (काव्य)जस्ता कृतिहरु प्रकाशित गरिसक्नु भएको हो। कार्यक्रममा उपस्थित उपस्तिथि ब्याक्तित्वहरुले शाहिले साहित्य प्रती देखाएको यो लगनशीलता आउने पिडिलाइ समेत मार्गदर्शन गरेको बताउदै लेखक शाहीलाई धन्यवाद समेत ब्यक्त गरेका थिए । विमोचन कार्यक्रममा साहित्यकार ,नागरिक समाज ,पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs