
Advertisement 1
सुरक्षा संवाददाता
०४ फागुन २०८१ नेपालगन्ज ; बाँकेको नेपालगन्ज उप-महानगरपालिका क्षेत्र बिशेश गरि बजारक्षेत्रको सडक फुटपाथमा ब्यवसाय गर्दै ब्यवसायिहरुको लापरबाहीले सर्वसाधारण जनतामा स्वास्थमा प्रतिकुल असर पर्ने देखिन्छ। तर यता नियमान नियन्त्रण गर्ने स्थानिय निकाय नेपालगन्ज उपमहानगरपालिका र खाध्य गुणनियन्त्रण सम्बन्धि हर्ने कार्यालय र स्वास्थ कार्यालयनै यस्तो संवेदनशील विषयमा मौन देखिन्छन् । स्वास्थका दृस्टिकोणले पश्चिम नेपालको प्रमुख उपचार केन्द्र मानिने भेरी अस्पतालको आगाडी र मालपोत कार्यालयको प्रवेश द्वारको सडक फुटपाथमा भैरहेको फोहोर ब्यवस्थापन र ब्यवसायिले बनाउदै आएको खानेकुराले मानिसको स्वास्थमा कत्तिको असर पर्ला आम मानिसको प्रश्न उठ्ने गरेको छ।
स्वास्थका हिसाबले अति संवेदनशील मानिने खाध्यबस्तु र पकाएका खानेकुराहरुमा लापरबाही हुदाहुदै पनि सम्बन्धित निकाय मौन हुनु कत्तिको सान्दर्भिक विषयहो भनेर प्रश्नहरु उठ्ने गरेको छ। यस्तो गम्भीर विषयलाई नेपालगन्ज उप-महानगरपालिका कार्यालयले ध्यान दिन्छ या दिदैन…