नेपाल प्रहरीमा पहिलो पटक एआई आधारित इन्टेलिजेन्स टुल्स खरिद

Advertisement 1

सुरक्षा सम्बादाता ०५ फागुन २०८१ काठमाडौं; प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा पहिलो पटक एआई आधारित इन्टेलिजेन्स टुल्स खरिद गरेको छ ।‘एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स’ लाई प्रहरीको अपराध अनुसन्धान विभागले प्रयोगमा ल्याउने तयारी गरेको छ । विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स खरिद भइसकेकाले प्रयोगकको अन्तिम चरणमा रहेको बताए ।


उनका अनुसार करोड बढी लागतमा एआईजी बेस्ड इन्टेलिजेन्स टुल्स खरिद गरिएको हो । भारतबाट खरिद गरिएको उक्त प्रविधि सञ्चालनबारे १५ प्रहरीलाई तालिम समेत दिइएको छ ।

Advertisement 2


भारतको पुणेमा १५ प्रहरीलाई यसबारे तालिम दिइएको इन्जिनियरतर्फका प्राविधिक डीआईजी अरुण भण्डारीले बताए । ‘एक पटकमा ७ जना र अर्को पटकमा ८ जना गरी १५ जनालाई भारत पठाएर तालिम समेत दिइसकेका छौं’ डीआईजी भण्डारीले भने, ‘अब यो प्रविधि सञ्चालनको अन्तिम तयारीमा छ ।’


यो प्रविधि सञ्चालनमा आएसँगै एनालाइटिकल्स टुल्सको प्रयोगबाट अपराध अनुसधानमा सहजता आउने बताइएको छ । यसमा भएका डेटाहरुले आगामी दिनमा आउनसक्ने अपराधका चुनौती र ध्यान दिनुपर्ने विषयहरुबारे पेडिक्सन गर्नसक्ने डीआईजी भन्डारीको भनाइ छ ।

Advertisement 3


‘यसले अपराधका डाटाहरुको एनालाइसिस गर्छ र आगामी दिनमा ध्यान दिनुपर्ने विषयहरु सुझाउनुका साथै चुनौतीका विषयमा पनि प्रेडिक्सन गर्छ’ इन्जिनियर डीआईजी भण्डारी भन्छन् ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs