७औंं कोहलपुर उप- मेयर कप छात्रा क्रीकेट प्रतियोगिता आगामी फागुन ७ गतेबाट संचालन

दिनेश राज न्यौपाने
०५ फागुन २०८१ कोहलपुर ; ७औंं कोहलपुर उप- मेयर कप छात्रा क्रीकेट प्रतियोगिता -२०८१ आगामी फागुन ७ गतेबाट सुरु हुने भएको हो। सोमबार पत्रकार सम्मेलन गर्दै कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद विकास समितिको संचालन तथा ब्यवस्थापनमा हुने प्रतियोगितामा कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थापक विध्यालयहरुको सहभागिता रहने आयोजकले जनाएको छ। आगामी फागुन सात गतेदेखि सुरुहुने प्रतियोगितामा उन्नाइस बर्ष ननाघेका छात्रा खेलाडीहरुको सहभागिता रहने जनाएको छ। प्रतियोगितामा सहभागी मध्य प्रथम हुनेले पैंतीस हजार र पच्चीस हजार बराबरको एउटा क्रीकेट कीट प्राप्त गर्ने छन भने दोर्सो हुनेले बीस हजार सहित पन्ध्र हजार बराबरको क्रीकेट कीट प्राप्त गर्ने छ्न । त्यस्तै प्लेयर अफ द सेरिज हुनेले सात हजार पाँच सय ,बेस्ट बेटरले पाँच हजार ,बेस्ट बलरले पाँच हजार सहित एक जोड क्रीकेट सुज र प्रोमिजिङ साथै इमर्जिङ प्लेयरले एक जोड क्रीकेट सुज प्राप्त गर्ने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र क्षेत्रीको सभापतित्व र कोहलपुर नगरपालिका उप प्रमुख संगीता सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs