मकवानपुरका एसपी विश्वराज खड्का गोरु तस्करीमा मुछिए

Advertisement 1

सुरक्षा सम्बादाता ०६ फागुन २०८१ हेटौंडा;मकवानपुरका एसपी विश्वराज खड्का गोरु तस्करीमा मुछिएका छन्। प्रहरीमा सेटिङ मिलाएर गोरु तस्करी भएको घटना बाहिरिएको छ । तर, तल्लो तहका प्रहरीलाई कारबाही गरेर उनलाई जोगाउने खेल सुरु भएको छ ।हेटौँडा उपमहानगरपालिका– १५ स्थित रातोमाटे प्रहरीचौकीकै मिलेमतोमा पास भएको गोरु बोकेको ट्रक पथलैयामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला पशु सेवा कार्यालय मकवानपुरले सो ट्रक नियन्त्रणमा लिन प्रहरीलाई खबर गर्दा पनि पास भएपछि यसमा प्रहरीको संगठित मिलेमतो प्रष्ट भएको हो ।तर, रातोमाटे चौीका सई कुमार फुँयालसहित तीन प्रहरीलाई हटाएर घटना मिलाउने प्रयास भइरहेको छ । चौकी इन्चार्ज फुँयालसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको छ ।बाप्र०३–००१ ख १४२४ नम्बरको सो ट्रक चितवनबाट हेटौंडा हुँदै पथलैया जान लागेको हो । त्यहाँबाट झापा हुँदै भारतबाट बंगलादेश लैजाने तयारी रहेको प्रारम्भिक छानविनमा खुलेको छ।यो घटनाले तराईका जिल्लाहरुमा संगठित रुपमा हाल गोरु तस्करी भइरहेको प्रष्ट भएको छ ।मकवानपुरका एसपी खड्का विगतमा विभिन्न काण्डमा कारबाही भोगेका अधिकृत हुन्।डिएसपी हुँदा गजुरीमा तथा एसपीमा धनुषाबाट कारबाही गरेर उनलाई हटाइएको थियो। मकवानपुरमा उनी इन्चार्ज भएदेखि बेथिती बढेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कृष्णहरि शर्मासँग एसपी खड्काको राम्रो सम्बन्ध छैन ।बागमती प्रदेशमा सरुवा भएदेखि नै डीआईजी शर्माले मातहतका थानाचौकीमा एकपछि अर्का विवादित र बदनाम जुनियर अधिकृतलाई इन्चार्जका रुपमा खटाएर असुली धन्दा चलाउदै आएको बारेमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि उनीमाथि पनि छानविन भइरहेको छ ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs