सशस्त्रका डिएसपी सिंहको रवैयाले नागरिकलाई सास्ती

सुरक्षा सम्बादाता ०६ फागुन २०८१ ; सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार सिंहको रवैयाले गर्दा नागरिकहरु लाई दुख तथा सास्ती भएको स्थानीयले आरोप लगाएका छन ।भारतको सिमावर्ती बजार बढनीमा किनमेल तथा बजार गरेर फर्किने गरेका नेपाली नागरिकहरूलाई डिएसपी सिंहले दुःख दिने गरेको उनिहरुको भनाई छ ।डिएसपी सिंह र सशस्त्रको टोलीले घरायसी सामग्री खरिद गरेर फर्किँदै गरेकाहरूलाई अवैध रुपमा चेकपोष्टमा खडा गरी दुःख दिने गरेको पाईएको हो।लिंकगेटं यात्रुगेट हुँदै इलाका प्रहरी कार्यालय कृष्णनगर आगाडी रहेको चेक पोइन्टमा समेत घरायसी सामाग्रीलाई कुनै पनि रोकावट हुदैन तर सशस्त्रले दुख दिएको स्थानीयले बताए ।सशस्त्रले विद्युत प्राधिकरण कृष्णनगर अगाडि अवैध रूपमै चेक पोइन्ट राखेर नागरिकहरुलाई दुःख दिँदै आएको विजयनगर वडा नं ५ बाट बजार गर्न गएका राम खेलावन यादवले बताए ।त्यसैगरी बहादुरगंजका छोटकु रैदासले सामान्य पान टङ्कीका लागि सामान ल्याउँदा समेत सशस्त्र प्रहरीले पैसा मागेको आरोप लगाएका छ्न भने यादव भन्छन् हामी सामान्य घरायसी सामग्री ल्याउँछौं तर सशस्त्रका डिएसपी साहबको टोलीले हामीलाई निकै दुःख दिनुभएको छ ।स्थानीय भन्छन् दुई चार किलो चिनी, घरमा खानका लागि पान ल्याउँदा पनि सशस्त्रका सरहरुले निकै दुःख दिनुहुन्छ ।

Advertisement 1

सिमानाकामा रहेका केही तस्करहरूसँग मिलेर डीएसपी सिहंले मासिक रुपमा पैसा लिएर अवैध कारोबार गरी अवैध रकम लिएको स्थानीयले बताएका छन ।शसस्त्र प्रहरीले देशैभरि घुमुवा प्रहरी हटाए पनि कृष्णनगरका डिएसपी अरुण कुमार सिंहले सशस्त्र प्रहरीका वरिष्ठ हवलदार टंक बहादुर थापालाई घुमुवा राखेर रकम असुलेको स्थानीयको आरोप रहेको छ ।

डिएसपी सिंहले भारतबाट कानुनी रूपमै भन्सार गरिएका सामानहरू समेत जफत गर्दै पुनः भन्सार पठाउने गरेको व्यापारीहरूले बताएका छन् । जसका कारण व्यवसायीहरू आर्थिक रूपमा मर्कामा परेका छन ।भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारी साधनहरूसँग १ सय रुपैयाँ भारु लिने गरेको पनि खुलेको छ ।
‘यूपी ५५ एटी ४०९०’ नम्बरका भारतीय ट्रक चालकले सशस्त्र प्रहरीको सेटिङमा सीमापार गर्नुपूर्व निश्चित रकम बुझाउनुपर्ने बताएका छन ।

Advertisement 2

सिमानाका क्षेत्रमा सुरक्षाको नाममा भइरहेको अवैध धन्दा रोक्न उच्च निकायले आवश्यक कारबाही गर्नुपर्ने स्थानीय व्यापारीहरू र सर्वसाधारणले माग गरेका छन ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs