६ ग्राम ८८० मिलिग्राम लागू औषध सहित ६ जना प्रहरी नियन्त्रणमा

सुरक्षा सम्बादाता ०६ फागुन २०८१ कैलाली; कैलालीमा लागू औषधको धन्दा मौलाउदै गएको छ। खुला सीमानाका तथा सेवनकर्ताको बिगबिगीले कारोबार बढेको हो।भारतबाट लागू औषधको तस्करी र कारोबार बढेपछि प्रहरीले पनि सक्रियता बढाएको छ। धनगढीमा विभिन्न प्रहरीकै टोलीले लागु औषध नियन्त्रणमा काम गरिरहेका छन्।यसैक्रममा कैलाली प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्दा ६ ग्राम ८८० मिलिग्राम लागु औषध (खैरो हेरोइन) सहित ६ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फागुन ५ गते धनगढी उपमहानगरपालिका-२ ब्यारेल क्षेत्रबाट एक संयुक्त प्रहरी टोलीले सु.प.प्र. ०१०१२ प ७४९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक विनोद गिरी (१९) को हेल्मेटभित्र लुकाइराखेको ५ ग्राम १०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो।उक्त मोटरसाइकलका पछाडि सवार बाजुरा बुढीगंगा-४ निवासी देबेन्द्र खाती (२३ वर्ष) लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।यसै गरि, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१९ लल्लिपुरबाट अनुज ओखेडा (१६) र रुपेन्द्र रावल (२७) को साथबाट ९३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।यस्तै, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट जुगेडाको संयुक्त टोलीले धनगढी-१२ बि गाउँबाट शेर बहादुर भण्डारी (३५) र आशिष ढाँट (२१) लाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ८५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।पक्राउ परेका ६ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। प्रहरीले लागु औषध ओसारपसार तथा विक्रीवितरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।
प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs