
सुरक्षा सम्बादाता ०६ फागुन २०८१ काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको बताएका छन् ।
Advertisement 1
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै उनले व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद भएको बताएका हुन् ।
राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई उनले आव्हान गरे । जनताको भलाइका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको उनी बताउँछन् ।
Advertisement 2
राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले राजनीतिक दलहरूलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको उनले बताए । जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उनले उल्लेख गरे ।
प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले बताए । देशको इतिहास मेटिँदै गएको अनुभूति पूर्वराजा शाहले गरेका छन् । नेपालीको पसिना स्वदेशमा नभई बाहिर पोखिएको शाहले बताए ।
Advertisement 3