लाजशरणम´विरूद्ध आलमले थापे अड्काे, अदालतले दियाे यस्ताे आदेश- ट्रेलर रिलिज राेकियाे

सुरक्षा सम्बादाता ०६ फागुन २०८१ काठमाडौँ;उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ फिल्मी गतिविधि गर्न रोक लगाउने आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुवर र हेमन्त रावलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै यस्तो रोक लगाएको हो ।

Advertisement 1

कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो । उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि फिल्म प्रदर्शन र प्रचारप्रसार अन्योलमा परेको छ ।


उच्च अदालतले अन्तरिम आदेश खारेज नगरेसम्म अब फिल्म प्रचार र हलमा प्रदर्शन गर्न पाइने छैन ।

Advertisement 2

आलमले फिल्मको पोष्टरमा आफ्नो अनुहार झल्काउने गरेर देखाइएको र जसले आफूलाई अपहेलना गरेको र विचाराधीन मुद्दामा प्रभावित पारेको भन्दै रिट दायर गरेका थिए ।

फागुन २ गते दर्ता भएको रिटमा उच्च अदालतले आज दोस्रो सुनुवाइ गर्दे फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs