बाँकेको नेपालगन्जमा सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङमा कलरिङ

सुरक्षा संवाददाता
०६ फागुन २०८१ नेपालगन्ज ; बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थिति जमुनाह कोहलपुर सडक खण्डमा रहेका जेब्रा क्रसिङमा थप कलरिङ गरिएको छ। जेब्रा क्रस सडक आवतजावत गर्नका लागि सुरक्षित मानिन्छ । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सक्रियताले ट्राफिक ब्यवस्थापन संगै सडक दुर्घटना कम भएको पाइन्छ। नेपालगन्ज क्षेत्र ट्राफिक चापका हिसाबले चुनौतीपूर्ण मानिने गर्छ। यधपी खाने मुखलाई जुँघाले छेक्दैन भने जस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयको नेतृत्व परिवर्तन संगै धेरै कुरामा सुधार भएको पाइन्छ । नेपालगन्ज उपमहानगरपालिकाको धम्बोझीको ट्राफिक लाइटको प्रयोग होस ,बागेश्वरी मन्दिरको साघुरो सडकको सवारीसाधन पार्किङको विषय होस या अन्य उल्लेखनीय सुधार भएको पाइन्छ। मंगलबार ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज प्रवीण आचार्यको सक्रियता र सन्जिवनी मेडिकल कलेजको सहयोगमा विपि चोक आसपासका जेब्रा क्रसहरुमा थप कलरिङ गरिएको छ। जेब्राक्रस सडक सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण मानिने र सडक वारपार गर्न प्रयोग गरिने भएकाले यसको पहिचान आवश्यक रहेकोले आफुले प्राथमिकता दिएको प्रहरी बरिस्ठ नायब निरीक्षक आचार्यले जानकारी दिनु भएको छ। बाँके जिल्ला ट्राफिक ब्यवस्थापनका दृस्ठिकोणले संवेदनशील मानिने बताउदै आफुहरुले दैनिक जसो सचेतनाका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि सबैको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गर्दै सडक दुर्घटना न्यूनीकरणमा लागि पर्ने जिल्ला ट्राफीक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तले बताउनु भएको छ।

Advertisement 1

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs