
सुरक्षा सम्बादाता ०७ फागुन २०८१ कैलाली ; कैलालीमा ३२ ग्राम खैरो हेरोईन र दुई किलो बढि चरेससहित तीनजना पक्राउ परेका छन् ।कैलाली प्रहरीका अनुसार धनगढी महानगरपालिका-५ को यातायात कार्यालय पछाडि सडक छेउमा मंगलबार साँझ ३१ दशमलव ७३० मिलिग्राम खैरो हेरोईन र दुई किलो १७५ किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका-६ बस्ने २६ वर्षीय गोबिन्दबहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्द नेतृत्वको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषधसहित समातेको हो ।
यस्तै, लम्कीचुहा नगरपालिका-२ बगनिया बस्ने दिप्सन भन्ने दिपेश तिरुवालाई ५१० मिलिग्राम लागु औषध खेरो हेरोइनसहित पक्राउ गरिएको छ ।
दुवै ठाउँबाट बरामद गरेको लागुऔषधको तौल ३२ ग्राम २४० मिलिग्राम रहको छ । उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।