उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताः उद्घाटन खेलमा लक्ष्मी माबि र गोरखा युनाइटेड विजयी

सुरक्षा संवाददाता
०७ फागुन२०८१ कोहलपुर ;
७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ काे पहिलो उद्घाटन खेलमा लक्ष्मी माध्यमिक विद्यालय र गोरखा युनाइटेड पब्लिक स्कुलले विजयी सुरूवात गरेका छन् । लक्ष्मी माबिले एभरेष्ट सैनिकलाई र गोरखाले विस्टर्नलाई हराउदै विजयी सुरूवात गरेका हुन् ।

Advertisement 1

पहिलो खेलमा लक्ष्मी माबिले एभरेस्ट सैनिक माबिलाई १२५ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन प्रतियोगितामा लक्ष्मी माबिले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एभरेस्ट सैनिकलाई बलिङकाे निम्तो दिएको लक्ष्मी माबिले १५ ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। लक्ष्मी माबिले दिएको १६४ रनको लक्ष्य एभरेस्ट सैनिकले ९ विकेट गुमाउँदै ३९ रहनमा मात्रै समेटिएको हाे । लक्ष्मी माबिलाई जित दिलाउन गिता परियारले ४ विकेट लिएर प्यलेर अफद म्याच समेत प्राप्त गरिन् ।
यस्तै दाेस्राे खेलमा गोरखा युनाइटेड पब्लिक स्कुलले विस्टर्न स्कुललाई ७ रनले हराएको छ । ९२ रनकाे लक्ष्य पाएकाे गोरखा स्कुलले ५ विकेट गुमाउँदै ९९ रन बनाएर विजयी हासिल गरेको हो। उक्त खेलकाे प्यलेर अफद म्याच गोरखा स्कुलकी विपिका वलीले प्राप्त गरिन् ।
वलिलाई राष्ट्रिय खेलकुद परिषद्का सिनियर काेच दिपेन्द्र प्रताप सिंहले प्यलेर अफद म्याच हस्तान्तरण गरेका थिए । पहिलो दिन दुईवटा खेल सञ्चालन भएका थिए । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालय गरि जम्मा १९ वटा विद्यालय सहभागी रहेका छन् । उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता खेल फागुन १३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs