
दिनेश राज न्यौपाने
०७ फागुन २०८१ नेपालगन्ज ; पश्चिम नेपालको प्रमुख अन्तर्देशीय भन्सार नाकाको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिका जमुनाह भन्सार कार्यालयले नियम अनुसार जफत गरिएका समानहरु बोलपत्र आह्वान गरि लिलाम विक्री नगरेको पाइएको हो। मंगलबार सुरक्षा रास्ट्रीय दैनिकको टिमले गरेको स्थलगत रिपोर्टिङ्का क्रममा कार्यालयको परिसरमा राखिएका दुई पाँग्रे देखि ठुला सवारीसाधनको समयमै लिलाम विक्री बोलपत्र आह्वान नगरेका सवारीसाधन कामनलाग्ने अव्स्थामा पुगेको पाइन्छ ।
भन्सार ऐन अनुसार अबैध रुपमा नेपाल प्रवेश गरेका विभिन्न खाध्य सामाग्रीहरु समेत जफत गरिएको हुन्छ तर समयमै बिक्रीका लागि बोलपत्र आह्वान नगर्दा कार्यालयको परिसर भित्रका गोदामहरुमा पुन प्रयोग नहुने भएसकेको देखिन्छ ।
यद्यपि भन्सार ऐनले कुनैपनी सरसामान जफत भएको दिनदेखि १५ दिनभित्र लिलाम विक्रीका लागि कोटेशन खोल्नु पर्न्व प्राबधान छ। तर भन्सार कार्यालय नेपालगन्जले नियमानुसार नभई आफुअनुकुल जफत गरिएका सामानहरुको लिलाम विक्री बोलपत्र आह्वान गरेको देखिन्छ । अर्को कुरा त रहस्यमय केछ बने भन्सार नाकाबाट दैनिक भन्सारका कर्मचारी र सशस्त्र प्रहरी बल नेपालको बिओपी सुरक्षा बलले दैनिक एकलाख भन्दा बढिरहेको सामान जफत गरि भन्सार कार्यालय बुझाउने गरेको भएपनी अन्ततः भन्सार कार्यालयले बोलपत्र आह्वान गरि सर्वजनिक सुचना प्रकाशन गर्दा त्यो सामान कता हराउछ भन्ने आशंका पैदा भएको पाइन्छ ।
नेपाल सरकारको भन्सार ऐनमा नेपालमा आयात हुने बस्तुहरुको शुचि प्रकाशन गरेको भएपनी मानबियताको नाममा र सेटिङको नाममा अबैध अथवा सरकारले अनुमती नदिएका बस्तुहरु आयात हुने गरेको भेटिएको हो । खुल्ला सिमानाका कारण चुनौतीपूर्ण भएपनी भन्सारमा कार्यरत कर्मचारी र सुरक्षा निकायको लापरबाहीका कारण तस्करको बिकबिकी बढेको पाइएको हो ।
भन्सार कार्यालयको परिसरभित्र नियन्त्रण गरि राखिएका मोटरसाइकल ,साइकल ,टेम्पो,र ट्रक जस्ता सवारीसाधनको हामी गरेको प्रत्यक्ष अवलोकनमा करिब चार पाँच महिना अगाडि जफत गरि राखिएका सवारीसाधनको पार्टपुर्जाहरु कता हराउछन भन्ने गम्भीर प्रश्न…? सृजना भएको छ। यसरी जफत गरि प्रक्रिया अनुसार लिलाम विक्रीका लागि कोटेशन आह्वान गरि ब्यवस्थापन गर्नु पर्ने ठाउमा अस्तबेस्त बनाएर राज्यको राजस्वमा गम्भीर लापरबाही गरेको देखिएको हो। सरकार यस्तो गम्भीर विषयको ब्यवस्थापन कहिले हुन्छ…..?