
सुरक्षा सम्बादाता ०८ फागुन २०८१ काठमाडौं; पूर्व राष्ट्रपति विद्या देवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड गएकी छन् ।छोरी उषाकिरण, सुरक्षा गार्ड र सहयोगीसहित भण्डारी फागुन ५ गते थाइल्यान्ड गएकी हुन् ।
यसअघि थाइल्यान्डमै ब्लड क्यान्सरको उपचार गराएकी भण्डारी नियमित चेकजाँचका लागि गएको र फागुन १६ गते स्वदेश फर्कने बताइएको छ ।
प्रकाशित : १ महिना अगाडि