
दिनेश राज न्यौपाने
०८ फागुन २०८१ सुर्खेत ; कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लाको समग्र शान्ति सुरक्षामा जिल्ला प्रहरी सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का अब्बल देखिनु भएको छ। कर्णाली प्रदेशको राजधानी साथै शैक्षिक र स्वास्थका हिसाबले समेत हबमानिने सुर्खेत जिल्ला शान्ति सुरक्षाका दृस्टीकोणले चुनौतीपूर्ण मानिन्छ । प्रदेशका समग्र क्षेत्रका उच्च पदस्थ ब्याक्तित्व र कार्यालयहरू देखि लगेर अन्य कार्यालयहरु समेत रहेको सुर्खेत जिल्लाको शान्ति सुरक्षामा चुस्तदुरुस्त बनाउन सफल हुनुभएको आम नागरिकले महशुस गरेको पाइएको हो।
क्षेत्रफल र भौगोलिक क्षेत्रका हिसाबले चुनौती भए पनि प्रहरी प्रमुख खड्काको लगनशिलता र पेशा प्रतिको बफादारिताले सार्थकता पार्को देखिन्छ। २०८० फागुन महिनामा सुर्खेत जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर हाजिर हुनुभएका प्रमुख खड्काले सुरुका दिन देखिनै आफ्नो दाइत्त्व र कर्तव्यबोध लाई आत्मसात गर्दै सुर्खेतमा घटेको हतियार र गोलिकाण्ड समेतको घटनालाई अनुसन्धानमा ल्याइ सफलता प्राप्त गर्नु भएको थियो।
Advertisement 1
प्रहरी प्रमुख खड्काले शान्ति सुरक्षा सहित विभिन्न समाज परिवर्तनका कार्यहरु लागू औषध दुर्ब्यशनी न्यूनीकरण ,मानवबेचबिखन ,आत्महत्या न्यूनीकरण ,सामुदायिक प्रहरी साझेदारी कार्यक्रम हरु समेतलाई प्रभावकारी बनाउदै आउनु भएको छ। हुने विरुवाको चिल्लो पात भने झैं जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख खड्काले कार्यालय बाट हुने सार्वजनिक सेवामा समेत सहज पहुँच प्रदान गरि नागरिकको मन जितेको पाइन्छ। प्रहरी कार्यालय भन्ने बित्तिकै फरक तरिकाले बुझ्ने नागरिकको सोचाइलाई पर्वतन गर्न खड्काले सेवा प्रवाहमा छिटोछरितो ,सहज पहुँच ,कार्यालय ब्यवस्थापन जस्ता थुप्रै कार्यहरुले पनि खड्का शान्ति सुरक्षाका दृस्टीकोणले अब्बल मानिनु हुन्छ।