दिपक शाही ठकुरि
१०फागुन २०८१ कोहलपुर : पश्चिम नेपालको बाँकेमा अवस्थित विकासशिल शहर कोहलपुरमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले २०४८ सालमा स्थपना भएको क्याम्पस बागेश्वरी बहुमुखि क्याम्पसको ३३ औं वार्षिक उत्सव शुक्रवार भब्य समारोहकाविच सम्पन्न भएको छ ।
Advertisement 1

क्याम्पस स्थापनाकाल देखि हालसम्म क्याम्पसका लागि उच्च योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको कार्यक्रममा पुर्व स्ववियु सभापतिहरु अब्दुल हुसेन खाँ, प्रकाश सिग्देल, सुर्य रोकाय, दिनेश केसि वर्तमान स्ववियु सभापति देबेन्द्र बहादुर बुढालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका साईन्स एण्ड टेक्नोलोजिका डिन सुदिप सिंह ठकुरी, पुर्व नगर प्रमुख लुट वहादुर रावत,कोहलपुर नपा ११ का वडा अध्यक्ष कल्पना अधिकारी, जग्गादाता भानुभक्त भट्टराई, ववई क्याम्पसका क्याम्पस चिफ वीरेन्द्र लम्साल, महेन्द्र क्याम्पस नेपालगञ्जका सह प्राध्यापक तेज वहादुर केसि, ईप्रका कोहलपुरका प्रहरी निरिक्षक रमेशलाल पौडेल, नेपाली कांग्रेसका उपसभापति कृष्ण कार्कि,नेकपा माओवादि केन्द्रका नेता अवराज खडका, नेपाली कांग्रेस नगर सभापति वीरेन्द्र कुमार शाह, रास्वपा नगर उपाध्यक्ष गंगा पोखरेल, नेकपा एसका नगर अध्यक्ष शिव डाँगि लगाएतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमका सभाध्यक्ष एवं बागेश्वरी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख दान वहादुर हमालले क्याम्पसका समग्र गतिबिधि सहितको प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको थप शैक्षिक विकासका लागि सबैसँग अपिल गरेका थिय । क्याम्पस प्रमुख हमालले क्याम्पसले हालसम्म प्राप्त गरेको प्रगति र आगामी दिनमा आवश्यक पर्ने सबै खाले विषयहरुको चर्चा गर्दै सहयोग अपिल साथै उपस्थित प्रमुख अथिती ,बिशिस्ट अथिती ,अथिती लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद व्यक्त गर्दै समापन गरेको कार्यक्रमको संचालन प्राध्यापक खोपिराम वलिले गरेका थिए।