भारतीय मूलका काश पटेललाई सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईको निर्देशकमा नियुक्त

१० फागुन २०८१ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईको निर्देशकमा नियुक्त गरेका छन् ।नियुक्तिका लागि पटेलले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । एफबीआईको नवौं निर्देशक हुन पाउँदा गहिरो सम्मानित महशुष गरेको उनको भनाइ छ । डेमोक्र्याटिक पार्टीका सबै सांसदहरूका साथै रिपब्लिकन पार्टीका दुई सांसद सुसान कोलिन्स र लिसा मुर्कोवस्कीले पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका थिए । पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा उनको साथमा काम गरेका थिए । ४४ वर्षीय पटेलले वकिलको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।उनले हत्या, लागूपदार्थ र जटिल आर्थिक अपराध सम्बन्धी मुद्दाहरूमा अदालतमा बहस गरेका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पटेलले कार्यवाहक अमेरिकी रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफका रूपमा पनि काम गरिसकेका छन ।

Advertisement 1

 

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs