
सुरक्षा सम्बादाता १० फागुन २०८१ रुपन्देही; दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमाको रकम नेपाल सरकारले समयमा भुक्तानी नगरेका कारण सेवा दिन नसक्ने बताएको छ ।
प्रतिष्ठानले आज एक विज्ञप्ती निकालेर सो कुराको जानकारी गराएको हो । ११ करोडभन्दा बढी बिमा रकम भुक्तानी हुन बाँकी भएकाले फागुन १८ गतेदेखि बिमा अन्तर्गत औषधि वितरण गर्न नसक्ने जनाएको छ ।
प्रतिष्ठानले बिमा गरेका बिरामीलाई ३ महिना औषधि दिन नसकिने १ हप्ताको औषधि मात्र दिन सकिने जनाएको छ । साथै प्रयोगशाला र रेडियोलोजी जाचँहरु पनि स्थगित गर्ने निर्णय गरेको छ ।
प्रकाशित : १ महिना अगाडि