
दिनेश राज न्यौपाने
११ फागुन२०८१ कोहलपुर ; तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप आगामी फागुन १७ देखि २४ गतेसम्म संचालन हुने भएको छ। स्वास्थ्यका लागि खेलकुद रास्ट्राका लागि खेलकुद भन्ने मुल नाराका साथ कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा गोल्डकपको तेस्रो संस्करण सुरु हुने भएको हो। आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै कल्बले स्थानीय पर्यटन प्रवर्धन र खेलकुद पर्यटनका लागि समेत गोल्डकप आयोजनालाई निरन्तरता दिदै आएको संस्थाका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ।
आगामी फागुन १७ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय दुई टिम ( घाना र भारत) सहितका आठ वटा टिमले सहभागिता जनाउने आयोजकले बताएको छ। करिब एकानब्बे लाख छब्बीस हजार लागतमा संचालन हुने खेलमा विजेता हुने टिमले आठलख सहित प्रमाणपत्र ,उपविजेता हुने टिमले चार लाख सहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने खेलमा टुर्नामेन्ट अफ द म्याचले एकाउन्न हजार,बेस्ट डिफेन्डरले दशहजार ,बेस्ट गोलकिपरले दशहजार,बेस्ट कोचले दशहजार,बेस्ट हाइ स्कोरले दशहजार गर्नेछन भने प्रत्येक दिनको म्यान अफ द म्याचले पाँच हजारका दर्ले प्राप्त गर्ने गोल्डकप आयोजक समितिका संयोजक कर्ण बस्नेतले जानकारी दिनुभएको छ। प्रथम संस्करण र दोर्सो संस्करण सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न सफल भएको आयोजक क्लबले यश बर्ष पनि खेलप्रेमी नागरिकहरुको उल्लेखनीय उपस्थिति हुने अपेक्षा लिएको ख्व्ल संयोजक बस्नेतले सुरक्षा रास्ट्रीय दैनिकलाई जानकारी दिनुभएको छ।
कोहलपुरको मात्र नभई सिङ्गो बाँके जिल्लाको नै पर्यटन प्रवर्धनमा टेवा पुग्ने भएकोले खेल सम्पन्न गर्नका लागि नगारिक समाज विभिन्न सरकारी तहा गैरसरकारी संघसंस्था सुरक्षा निकाय पत्रकार लगायत आम नागरिक संग सहयोगको अपेक्षा सहित अपिल समेत गरेको संयोजक बस्नेतले जानकारी दिनुभएको हो।