उपमेयर कप छात्रा क्रिकेटः ज्ञानज्योति ,लक्ष्मी मावि र गोरखा सेमिफाइनल प्रवेश

सुरक्षा सम्बादाता ११ फागुन २०८१ कोहलपुर – कोहलपुरमा जारी ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को सेमिफाइनल प्रवेश गर्ने चार वटा विद्यालय रहेका छन् । पाँचौँ दिन आइतबार ज्ञानज्योति मावि,लक्ष्मी मावि र गोरखा युनाइटेड पब्लिक स्कुल सेमिफाइनल प्रवेश गरेका हुन् । ज्ञानज्योति माविले सगरमाथा ज्ञानकुञ्ज माविलाई ,लक्ष्मी माविले बागेश्वरीलाई र गोरखा युनाइटेड पब्लिक स्कुलले त्रिभुवन माविलाई हराएको हो ।
पाँचौ दिनको पहिलो खेल कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा सगरमाथा ज्ञानकुञ्ज माविले टस जितेर पहिला बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको ज्ञानज्योति माविले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । विद्यालयका लागि जयन्ती चन्दले सार्वधिक ४६ रन र आशा ओलीले ७ बनाएकी थिइन्।
ज्ञानज्योति माविले दिएको ८५ रनको लक्ष्य पछ्याउँदै सरमाथा ज्ञानकुञ्ज माविले निर्धातिर १२ ओभरमा ५ विकेट गुमाउँदै ७८ रहनमा समेटिएको हो । विद्यालयका लागि सुजता परियाले २० रन र जीवनीले १७ रन बनाएकी थिइन् । ज्ञानज्योति माविले दिएको लक्ष्य पुरा गर्न नसक्दा सगरमाथा ज्ञानकुञ्जले ६ रनले पराजित भएको हो ।
ज्ञानज्योति माविकी जयन्ती चन्दले २ विकेट र सार्बधिक ४६ रब बनाउँदै विद्यालयलाई विजयी बनाउन विशेष योदान दिएकी थिइन् । उक्त खेलको प्लेयर अफ द म्याच समेत चन्द बनेकी थिइन् ।
पाँचौ दिनको दोस्रो खेल बागेश्वरी मावि र लक्ष्मी मावि बीच भएको थियो । टस जितेर लक्ष्मी माविले बटिङ रोज्यो । लक्ष्मी माविले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै ७२ रनको लक्ष्य बागेश्वरी माविलाई दिएको थियो ।
लक्ष्मी माविले दिएको ७२ रनको लक्ष्य पछ्याउँदै बागेश्वरी माविले १४ ओभरमा अलआउट हुदै ६३ रन मात्रै बनाउन सक्यो । लक्ष्मी माविले ९ रनले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । बागेश्वरी मावि कृतिमा चौधरीले ३ विकेट लिदै प्लेयर अm द म्याच बनेकी थिइन् ।
यस्तै तेस्रो खेलमा त्रिभुवन नमुना मावि र गोरखा युनाइटेड पब्लिक स्कुलबिच भएको थियो । त्रिभुवन नमुना माविले टस जितेर पहिले ब्याटिङ राजेको थियो । त्रिभुवन नमुना माविले ११.१ ओभरमा अलआउट हुदैँ गोरखालाई ४४ रनको झिनो लक्ष्य दिएको थियो ।
४४ नरको लक्ष्य पछ्याएको गोरखा युनाइटेड पब्लिक स्कुलले ५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । यो सँगै गोरखा सेमिफाइनल पुगेको छ । गोरखाकी प्रसन्न रेग्मीले ४ विकेट लिदै प्लेयर अफ द म्याच बनिन् ।
भोलि सेमिफाइनलमा चार वटा विद्यालयहरु खेल्ने छन् । पहिलो खेल बालशिक्षा मावि भरैया र गोरखा युनाइटेड पब्लिक स्कुल बीच हुने संयोजक विनय गिरीले बताए । उनका अनुसार दोस्रो खेल ज्ञानज्योति मावि र लक्ष्मी मावि बीच हुने जानकारी दिए । खेल २० ओभरको रहने उनको भनाइ छ ।

प्रकाशित : १ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs