
सुरक्षा संवाददाता
११ फागुन २०८१ कोहलपुर ; ग्रीनसिफ्ट परियोजना र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा ग्रीनसिफ्ट परियोजनाका वेस्ट स्मार्ट फेलो प्रेम प्रकाश बुढाथोकीले नेट-शून्य कार्बन नेपालकालागि प्लास्टिक फोहोरको सर्कुलरिटी ग्रीनसिफ्ट परियोजना चक्रिय अर्थतन्त्रमा न्यायोचित सङ्क्रमणलाई प्रवर्द्धन गर्न दातृ निकाय युरोपियन युनियन (ईयू)को सहयोगमा सञ्चालित एक परियोजना भएको बताउनु भएको छ।
ग्रीनसिफ्ट परियोजना नेपालमा बागमती प्रदेश , मधेस प्रदेश र लुम्बिनी प्रदेशमा गरि प्रत्येक प्रदेशबाट तीन तीन गरी जम्मा नौ वटा स्थानीय तहमा लागू हुने चार बर्षिय परियोजना रहेको जानकारी दिदै क्रिएसनको नेतृत्वमा परियोजना कार्यान्वयनका लागि कन्सोर्टियम साझेदारका रुपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब पनि साथमा रहेको बताउनु भएको छ। ग्रीनसिफ्ट परियोजना नेपालले फोहोर उद्यम, एसएमई, फोहोर मजदुरहरूको सामाजिक संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र प्लास्टिकजन्य फोहोरमैलाको चक्रीय अर्थतन्त्र प्रवर्द्धनका लागि तीन तहका सरकारहरूसँग मिलेर काम गर्दै आएको भन्दै प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन यस फोकस क्षेत्रको मुख्य उद्देश्य अवस्थित प्लास्टिकजन्य फोहोरमैलाको प्रभावकारी व्यवस्थापनलाई बढावा दिनु रहेको जानकारी दिदै प्लाष्टिकजन्य फोहोरमैला संकलन, प्रशोधन र रिसाइकल गर्ने क्षमता अभिवृद्धि गर्न आयोजनाले निजी फोहोर उद्यमहरूसँग काम गर्ने बताउनुभएको छ। यस परियोजनाले प्लाष्टिकजन्य फोहोरमैलालाई वातावरणमा चुहावट रोक्न र उत्पादन मूल्य श्रृंखलामा जोड्न मद्दत गर्नेछ। गैर-प्लास्टिक प्याकेजिङ्गका लागि नवप्रवर्तन, र हरित उद्यमको प्रवर्द्धन
यस फोकस क्षेत्रको लक्ष्य व्यापार र उद्यमहरूलाई चक्रिय अर्थतन्त्रमा संक्रमणलाई प्रवर्द्धन गर्न प्याकेजिङ्ग सहित प्लास्टिक वैकल्पिक उत्पादनहरू विकास र प्रवर्द्धन गर्न अवसरहरू सिर्जना गर्नु हो। यसले प्लास्टिकको उपभोग घटाउन, प्लास्टिकको फोहोर उत्पादनलाई कम गर्न थप मद्दत गर्नेछ।
डाटा र नीति परिवर्तन तथा पैरवीका लागि सहयोग
यस फोकस क्षेत्रको लक्ष्य मुख्य सरोकारवालाहरूलाई समावेशी र प्रमाणमा आधारित नीतिहरू विकास गर्न युवाहरू र स्कूलका बालबालिकाहरूलाई सचेतना र पैरवी गर्नका लागि सहयोग गर्नु परियोजनाको मुख्य लक्ष्य रहेको बुढाथोकीले जानकारी दिनु भएको छ।