
सुरक्षा सम्बादाता १२ फागुन २०८१ काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षकको काज सरुवा भएको छ ।डीएसपी बढुवा भएपछि रिक्त रहेका कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि काज खटाइएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेश कुमार सिंहको काज सरुवा गरिएको छ ।
यसैगरी चक्र बहादुर देउवाको जिल्ला ट्राफिक कार्यालय कैलालीमा काज सरुवा भएको छ ।
Advertisement 1
प्रकाशित : ४ हप्ता अगाडि