नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव स्याउ रोप्न दोस्रोपटक जुम्लामा

सुरक्षा सम्बादाता १२ फागुन २०८१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव स्याउ रोप्न दोस्रोपटक जुम्ला पुगेका छन् ।स्याउका बिरुवा रोप्न विप्लव नेतृत्वमा उत्तर कर्णाली ब्युरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट, बाजुराका नेकपा नेता–कार्यकर्ता आइतबार जुम्ला पुगेका हुन् । टोलीले हिमा गाउँपालिका– ७ धाँचुगाउँको धौलापानीमा हजार स्याउका बिरुवा रोप्यो । स्थानीय कृष्णकौरा शाहीको १४ हजार वर्गमिटर क्षेत्रफल रहेको जग्गा २० वर्षका लागि लिजमा लिएर स्याउका बिरुवा रोपिएको हो ।उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउका बिरुवा रोपी उत्पादन बढाउने लक्ष्य रहेको विप्लवले बताए । उनले भने, ‘देशभरका नेता–कार्यकर्तालाई उत्पादनमा जोड्ने उद्देश्य हो । कृषि क्रान्ति चलिरहेको छ । देशभर डेढ सय बिघा जमिनमा खेती गरिरहेका छौँ । जुम्लामा पनि स्याउ, ओखर खेती गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष पनि हजार बिरुवा रोपेका छौँ । दोस्रोपटक पनि हजार बिरुवा रोप्ने जमर्काे गरेका छौँ ।’ कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीतिअनुसार अघिल्लो वर्ष हिमा गाउँपालिका– ७ हडुल्यामा रहेको बाँझो जग्गामा बृहत् स्याउखेती गरिएको पार्टी जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीले बताए । उनले भने, ‘कृषि उत्पादनले मात्रै देश उँभो लाग्ने भएकाले किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाई आत्मनिर्भर हुने उद्देश्यसहित हिमाली जिल्ला जुम्लामा हावापानी सुहाउँदो स्याउखेतीको सुरुवात गरिएको हो ।’ नेकपा दलित मुक्ति मोर्चा कर्णाली प्रदेश कोषाध्यक्ष मंगला विकले व्यक्तिगत रूपमा सयवटा स्याउका बिरुवा सहयोग गरेकी हुन् । उनले अघिल्लो वर्ष पनि सहयोग गरेकी थिइन् । उनले भनिन्, ‘हरेक नागरिक होस् या राजनीतिज्ञ, उत्पादनमा जोडिनुपर्दछ । त्यसकारण पनि उत्पादनसँग जोडिने कार्यक्रम उत्तम छ ।’

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs