
दिनेश राज न्यौपाने
१२ फागुन २०८१ कोहलपुर ; नेपाल प्रहरी सधैंव जनताको सेवाप्रती प्रतिबद्ध रहदै आएको प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त कँवरले बताउनु भएको छ। सोमबार बाँकेको कोहलपुर नगरपालिका स्थित चौराहमा नेपाल प्रहरी कल्याणकारी कोषबाट निर्माण भइ संचालनमा आएको पेट्रोल एवम् डिजल पम्पको समउद्घाटन गर्दै महानिरीक्षक कंवरले प्रहरी संगठन जनताको शान्ती सुरक्षा साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उत्तिकै क्रियाशिल रहदै आएको बताउदै आगामी दिनमा पनि निरन्तर कुनैपनी समयमा जनताको सेवामा समर्पित रहन मातहतका कार्यालयहरुलाई निर्देशन दिनुभएको हो ।
कोहलपुर स्थित समउद्घाटन भएको पेट्रोल पम्प पुर्णतया मापदण्डअनुसार निर्माण भएको जसले २४सै घण्टा सेवा उपलब्ध गराउनका साथै सवारीसाधन रिफ्रेसका लागि समेत संरचना निर्माण भएको प्रहरी पुर्वाधार विकास कार्यालयका प्रहरी नायब उपरीक्षक इन्जिनियर रिशन गुरुङ सारुले जानकारी दिनुभएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी दान बहादुर कार्कीको सभापतित्त्वमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्ट जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ल अधिकारी खगेन्द्र रिजाल जिल्ला स्थिति सरकारि तथा गैरसरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि पुर्व प्रहरी कर्मचारी नागरिक समाज यातायात ब्यवसायी पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक शिवा थापाले गर्नु भएको थियो ।
Advertisement 1