योगेश भट्टराईद्वारा सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउन प्रस्ताव

सुरक्षा सम्बादाता १२ फागुन २०८१ काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नभनेर सशस्त्र सुरक्षा बल नेपाल भन्न सकिने उनको आग्रह छ ।सोमबार प्रतिनिधि शभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथिको छलफलमा उनले यस्तो बताएका हुन् ।‘हामी यसलाई अर्ध सैनिक बल भनिराख्या छौं भने यो प्रहरी भन्ने शब्द यहाँ मिल्दैन कि !’ उनले भने । यद्यपि, यसलाई संविधानबाट नै हेर्नुपर्ने हुन सक्ने उनले बताए ।‘यदि हामीले जब अर्ध सैनिक भन्छौं भने यसलाई सशस्त्र सुरक्षा बल नेपाल मात्रै पनि भन्न सकिन्छ’ सांसद भट्टराईको प्रस्ताव छ ।प्रहरी राख्दा दुई वटा प्रहरी संगठन जस्तो देखिएको उनले बताए ।‘हामीसँग अर्को प्रहरी संगठन छँदैछ जसले सामुदायिक प्रहरीको रुपमा अथवा अपराधको अनुसन्धानको रूपमा काम गरेको छ । त्यसको एउटा आफ्नो एउटा लामो ७० वर्षदेखिको इतिहास छँदैछ,’ उनले भने ।यसकारण पनि सशस्त्र प्रहरी बल नभनेर शसस्त्र सुरक्षा बल भन्दा उपयुक्त हुने उनको आग्रह छ । ‘यसलाई सशस्त्र सुरक्षा बल भनेर राखियो भने यसको भावना ठीक ढंगले प्रतिनिधित्व हुन्छ भन्ने लाग्दछ ।’

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs