
Advertisement 1
सुरक्षा सम्बादाता १२ फागुन २०८१ हेटौंडा । मकवानपुरको हेटौंडाबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउण्ड गोलीसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरजकुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको प्रहरीको भनाई छ ।
गौरबाट चितवनतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट पोस्तोल र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।उनिहरुको विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए ।