राती ठमेलमा प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताहरु १० हजार धरौटीमा रिहा सिधाकुरा

सुरक्षा सम्बादाता १२ फागुन २०८१ काठमाडौं । ठमेलमा ड्यूटीमा खटिएका प्रहरी कुट्ने एमाले निकट विद्यार्थी नेताहरू धरौटीमा रिहा भएका छन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी सहित पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।अदालले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न मागेको थियो भने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०-१० हजार रुपैयाँ धरौटी मागेको थियो । अहिले सबै जना धरौटी बझाएर रिहा भएका छन् । उनीहरुले माघ २४ गते राति ठमेलमा मोटरसाइकलमा सवार प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए ।

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs