‘बृहत्तर नेपाली शब्दकोश’का लेखक गौतमको निधन

सुरक्षा सम्बादाता १३ फागुन २०८१ काठमाडौं; सुप्रसिद्ध लेखक चूडामणि गौतमको निधन भएको छ।बृहत्तर नेपाली शब्दकोश, अंग्रेजी ग्रामरसहितका सयौं पुस्तकका लेखक गौतमको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो।फोक्सोमा पानी जम्ने समस्या देखिएपछि गौतम दुई साता अघिदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको निधन भएको हो। गौतमको जन्म २००७ साल असोज १ गते तेह्रथुमको खाम्लालुङ (१ पाकतिनमा भएको थियो। उनी गौतम ग्रामरका नामलेसमेत चिनिन्थे। गौतमले लेखेको अंग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो।गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अंग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश, बृहत्तर नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक प्रकाशित छन्। बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो। लेखनको सुरुमा उनले आभास कविता संग्रह प्रकाशित गरेका थिए।

Advertisement 1

नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली बगली कोश लगायतका पुस्तक उनका निकै चर्चित छन्।

गौतमले २१ वर्षको उमेरमा आठराईको मोहन माविबाट एसएलसी उत्तीर्ण गरेका थिए। उनले आईएस्सी महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट गरेका थिए।

Advertisement 2

उनले प्राइभेट परीक्षा दिएर मानविकी र कानूनमा स्नातक गरेका थिए। गौतमले नेपाली विषयमासमेत स्नातक गरेका थिए। उनले झापा लगायत विभिन्न ठाउँमा अध्यापनसमेत गरेका थिए।

उनका छोरा नितिरमण गौतम झापाको मेचीनगर नगरपालिका-१२ पाथीभराचोकमा बस्दै आएका छन्।

Advertisement 3

 

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs