
१३ फागुन २०८१ एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुने समर्थन गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको छ भने ६५ देश मतदानमा सहभागी भएनन् ।
रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलोपटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ ।
प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देश छन् ।
Advertisement 1
अमेरिका, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे ।
प्रकाशित : ४ हप्ता अगाडि