उच्च अदालतको आदेशपछि रोकिएको टिभी श्रृंखला ‘सक्किगो नि’को प्रसारण आउने विहिबारदेखि हुने

सुरक्षा सम्बादाता १३ फागुन २०८१ काठमाडौं; पाटन उच्च अदालतको आदेशपछि रोकिएको टिभी श्रृंखला ‘सक्किगो नि’को प्रसारण आउने विहिबारदेखि हुने भएको छ । ९१ औं एपिसोडको छायांकन सोमबार काभ्रेको पाँचखालमा गरिएको छ ।सोमबार अर्जुन घिमिरे पाँडे, हरिश निरौला कक्रोच, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी लगायतका कलाकारको दृश्य छायांकन गरिएको थियो । निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख समेत रहेका कलाकार घिमिरेले ९१ औं एपिसोडको छायांकन पुरा भएको र आउने विहिबार टिभी र युट्युबमा आउने बताए ।बुधबारदेखि रिलिज हुन लागेको कम्पनीकै निर्माण रहेको फिल्म ‘लाज शरणम्’को प्रवर्द्धनको सन्दर्भमा एपिसोडको छायांकन गरिएको हो । ‘यो पूर्णरुपमा प्रमोसनल एपिसोड हो’ पाँडेले भने । यो एपिसोडमा मुकुन्द र महेशसहित पाँडे, सागर लम्साल बले, बबिन राई, सुरक्षा इटनी, कक्रोच, कमलमणी नेपाल, गोविन्द कोइराला, सीतादेवी तिमल्सिना, भावना आचार्य, पुरुषोत्तम आचार्य देखिनेछन् ।पाटन उच्च अदालतले गतसाता अफ्ताव आलमको रिटमा सुनुवाई गर्दै सेन्सरअघि फिल्मको प्रचारप्रसार रोक्न आदेश दिएको थियो । जसको असर यो ‘सक्किगो नि’ सिरियलको प्रसारणमा समेत परेको थियो । अदालतको आदेशपछि छायांकन हुँदाहुँदैको एपिसोड रोकिएको थियो । सोमबार भने एपिसोड सुटिङ पुरा भएको छ ।दर्शकले फिल्म रिलिजको भोलिपल्ट विहिबार हिमालय टिभी र युट्युब प्लाटफर्ममा सिरियललाई हेर्न पाउनेछन् ।

Advertisement 1

 

प्रकाशित : ३ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs