प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली द्वारा इतिहासमै सबैभन्दा बढी ट्रामाडोल बरामद

सुरक्षा सम्बादाता १३ फागुन २०८१ काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सोमबार दुईजनालाई सार्वजनिक गर्‍यो ।ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित पक्राउ परेका ललितपुुरका ३३ वर्षीय सुधीर लामिछाने र पर्साका ३८ वर्षीय साइमन बनवारीलाई सार्वजनिक गरेको हो ।उनीहरू दुवैजनामाथि ब्युरोको टोलीले लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ । सुधीरलाई गएको बिहीबार ललितपुरबाट ट्रामाडोलसहित पक्राउ गरिएको थियो । उनीमाथि अनुसन्धान गर्दै जाँदा साइमनको संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।सुधीर र साइमनले लागुऔषध ट्रामाडोल राख्न गोदाम भाडामा लिएका थिए । ब्युरोको टोलीले उनीहरूको गोदाममै छापा मारेर पाँच लाख ६४ हजार १०० क्याप्सुल बरामद गरेको हो । ब्युरोको टोलीले एकसाथ यति धेरै मात्रामा ट्रामाडोल बरामद गरेको यो नै पहिलोपल्ट भएको बताएको छ।प्रहरीका अनुसार, उनीहरूले भारतबाट तस्करी गरेर ल्याएको ट्रामाडोल काठमाडौंमा बिक्री–वितरण गर्दै आएका थिए ।

Advertisement 1

सुधीर फार्मेसी सञ्चालक रहेको प्रहरीले जनाएको छ। सुधीरका साथबाट प्रहरीले ३० हजार क्याप्सुल बरामद गरेको थियो । थप अनुसन्धान गर्दै जाँदा प्रहरी साइमनको गोदामसम्म पुगेको थियो । साइमनको गोदामबाट ब्युरोको टोलीले पाँच लाख ३४ हजार १०० क्याप्सुल बरामद गर्‍यो ।

काठमाडौंको चन्डोलमा सुधीरको आफ्नै फार्मेसी समेत रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । फार्मेसीबाट उनले ट्रामाडोल बिक्री गर्ने गरेका थिए । सुधीरले लामो समयदेखि ट्रामाडोलको कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।साइमन भने लागुऔषध कारोबारी भएको प्रहरीले जनाएको छ । उनी पर्सा हुँदै काठमाडौंलाई आधार बनाएर लागुऔषध तस्करीमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा थाहा भएको छ । ट्रामाडोलबाहेक अरू लागुऔषध कारोबारमा समेत उनीहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Advertisement 2

गएको आर्थिक वर्ष २०८०/२०८१ मा मात्र ब्युरोले आठ किलो र काठमाडौं प्रहरीको टोलीले ६ किलो कोकिन बरामद गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

 

Advertisement 3

 

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs