गुणस्तरमा ठेकेदारहरुको सेटिङ, नेपाल प्रहरी र सशस्त्रका लत्ताकपडा गुणस्तरहीन !

 १४ फागुन २०८१ काठमाडौं । नेपाल प्रहरीले हरेक बर्ष चुस्ता र पोशाकदेखि जुत्तासम्मका आवश्यक बन्दोबस्तीका सामान खरिद गर्दैआएको छ । प्रहरीले खरिद गरेका चुस्ता, लत्ताकपडा र जुत्ता जस्ता सामान गुणस्तरहीन भएको, एकाध पटक धोएपछि खुइलिने गरेको गुनासाहरु आउने गरेका छन् ।विगतमा रविन्द्रप्रताप शाह आईजीपी र प्रतापसिंह थापा आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको प्रमुख डीआईजी हुँदा पनि प्रहरीमा गुणस्तरहीन कपडा खरिद भएको बिषय उठेको थियो ।प्रहरीमा सामान आपूर्तिको ठेक्का पाएका ठेकेदारहरुले गुणस्तर परीक्षणका क्रममा सेटिङ गरी नमूना पास गराउने गरेको आरोप छ । ठेकेदारले गुणस्तर तथा नापतौल बिभागका प्राविधिक उपसचिव (सी.डी.के.) किरण सुवेदीमार्फत् गुणस्तर परीक्षणमै सेटिङ गर्ने गरेका छन् ।उपसचिव सुवेदी करिब १० बर्षदेखि गुणस्तर बिभागमा हर्ताकर्ता छन् । यसअघिका महानिर्देशक रामआधार साह, बिश्वबाबु पुडासैनी, दिनानाथ मिश्र र हालकी कुमारी ज्योति जोशी भट्टको कार्यकालमा पनि उनी बिभागमा प्रहरीदेखि सशस्त्रको सामान गुणस्तर परीक्षण गर्दैआएका छन् ।गुणस्तर परीक्षण गर्ने निकायमा बर्षाैदेखि सुवेदीसहितका कर्मचारी कार्यरत छन् भने प्रहरी र सशस्त्र प्रहरी बलमा सामान आपूर्ति गर्ने ठेकेदार पनि बर्षौदेखि एउटै छन् । ठेकेदार र उपसचिव सुवेदीको सेटिङमा नमूना पास हुँदैआएको छ । सुवेदीले नै सशस्त्रको र नेपाल प्रहरीको गुणस्तर परीक्षणमा पठाइएका नमूना सेटिङमा पास गराउने गरेको आरोप छ ।स्रोतका अनुसार प्रहरी र सशस्त्रमा सबैभन्दा बढी गुनासो जुत्ता, ऊलन सर्ट, पाइन्ट, चुस्ता र स्वेटरमा आएको छ । प्रहरीलाई दिइएको स्वेटर, ट्रयाकसुट, ऊलन पाइन्ट, ऊलन सर्टमा भुवा आउने गरेको छ ।प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाश हुँदैछन् । उनलाई समेत गुमराहमा पारी प्रबन्ध निर्देशनालयका एसपी गोविन्द पुरीले ठेकेदार र गुणस्तर बिभागका कर्मचारीलाई सेटिङमा सहजीकरण गरी लाभ लिने गरेका छन् ।

Advertisement 1

ठेकेदारहरुले ऊलन पाइन्ट र सर्टका केही रोल राम्रो लाने र त्यहीँबाट गुणस्तरमा पठाउने कार्यमा प्रबन्धका एसपी र भण्डारका डीएसपीले गर्दैआएका छन् । ५० रोल कपडा छ भने १० रोल राम्रो लाने र ४० रोल कमसल लगिन्छ । गुणस्तरमा पठाउँदा १० रोलमध्येबाट झिकेर पठाउने गरिएको छ ।

सामान आपूर्ति गरिएपछि तोकिएको गुणस्तर अनुसार भए नभएको अनुगमन गर्ने कार्य प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी वा एसएसपीको संयोजकत्वको समितिले गर्नुपर्छ । सबभन्दा ठूलो सेटिङ भण्डारको डीएसपी र आईजीपी सचिवालयको प्रमुखको हुने गरेको स्रोत बताउँछ । बिगत २ बर्षदेखि ठेकेदारसँगको सेटिङमा मुख्य भूमिका प्रबन्धका पुरीको रहँदैआएको छ ।

Advertisement 2

गुणस्तरमा सेटिङ गरी गुणस्तरहीन कपडा आपूर्ति गर्ने क्रम बढेको छ । दुई पटक धोएर सुकाएपछि प्रहरीका कपडा किन खुइलिन्छन् ? सेनाका किन खुइँलिदैनन् ? यो प्रश्न ज्वलन्त छ । नेपाल प्रहरीका ५ जना सडकमा ड्युटी बसेका सिपाहीकै पोशाक एउटै देखिनुपर्नेमा ५ थरी देखिने गरेको गुनासो छ ।

स्रोतका अनुसार खरिदको कमिसन आईजीपी, शान्ति सुरक्षा महाशाखाको प्रमुख, गृहसचिव र गृहमन्त्रीदेखि बालुवाटारसम्म पुग्ने गरेकाले गुणस्तरहीन सामान खरिद हुने गरेको छ ।

Advertisement 3

सेनाको कपडामा कहिल्यै गुनासो आएको पाइँदैन । तर प्रहरी र सशस्त्र प्रहरीको ब्यापक गुनासो आउने गरेको छ । गुणस्तर परीक्षणमै सेटिङ हुँदा प्रहरी र सशस्त्रको सामानका गुणस्तरको बारेमा गुनासो आउने गरेका छन् ।

सशस्त्रको खरिद हेर्ने प्रबन्धमा पनि विगत ७ बर्षदेखि एसएसपी(डीआईजी बढुवा सिफारिस भएका) दीपेन्द्र कुँवर नै छन् । सशस्त्रको लत्ताकपडा र जुत्ताको गुणस्तर परीक्षण पनि गुणस्तर तथा नापतौल बिभागमै हुँदैआएको छ । गुणस्तर बिभागमा सामानको गुणस्तर परीक्षणमा सेटिङ हुने र लत्ताकपडा गुणस्तरहीन पाइएपछि नेपाल प्रहरीका पूर्वआईजीपीले भारतमा पठाउने गरेका थिए ।

तर भारतमा समेत सेटिङ हुने, कीर्ते रिपोर्ट पेश हुने गरेपछि पछिल्ला दिनमा नेपालमै गुणस्तर परीक्षण हुने गरेको छ ।

को को छन् प्रहरी र सशस्त्रका ठेकेदारहरु ? लत्ताकपडा, बुट, स्पोर्टस सूको काम गर्ने ठेकेदाहरुमा टोपेन्द्र बीसी, श्रवण अग्रवाल, ज्ञानेन्द्र बस्नेत, दीपक भट्ट, रितेश अग्रवाल, राजमान मिश्र लगायत छन् ।

 

साभार-onlinenepal.com

 

 

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs