शिवरात्रिका दिन चाबहिल, पुरानो बानेश्वर यातायात प्रभावित हुने संकेत

सुरक्षा सम्बादाता १४ फागुन २०८१ काठमाडौं । महाशिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राखेर नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ ।शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले बन्द गराएको हो । कतिपय सडकमा सवारी डाइभर्सन गरिएको छ ।नेपाल प्रहरीकाअनुसार बुधबारका लागि चाबहिलबाट गौशाला हुँदै पुरानो बानेश्वरतर्फ जाने मूल सडक बन्द गरिएको छ। त्यस्तै रातोपुल–तिलगंगा खण्ड पनि बन्द गरिएको छ।मित्रपार्क–गौरीघाट, सिफल–जयबागेश्वरी, गोल्डेनगेट कलेज, काभ्रेडेरी, भीमसेन गोला, सिनामंगल हुँदै गौशालातर्फ आउने भित्री सडकहरू पनि आजका लागि बन्द गरिएको छ।त्यस्तै चाबहिल चोकबाट दक्षिणतर्फ जाने सबै सहायक बाटाहरू पनि बन्द गरिएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै शिवरात्रि पर्वकै लागि नेपाल प्रहरीले पार्किङकोसमेत व्यवस्थापन गरेको छ।आजका लागि जयबागेश्वरी पश्चिम सिफलचौर, गुह्येश्वरी पारि, पशुपति विकास कोषको कार्यालय परिसर, भण्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडि र बनकाली क्षेत्रमा पार्किङको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

Advertisement 1

 

प्रकाशित : ४ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs