
सुरक्षा सम्बादाता १४ फागुन २०८१ रुपन्देही । रोल्पाको त्रिवेणी गाउँपालिका ६ थुम्काटोलमा बस्ने ४० वर्षीय खिमबहादुर बुढा मगरले दुई छोरा र एक छोरीको आमा रहेकी ३२ वर्षीय गरेका छन् ।मलेसियामा काम गरेर फर्केका खिमबहादुरले मङ्गलवार बिहानै घरमै तरकारी बनाउँदै गरेकी श्रीमती अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरेपछि पनि उनले हातमा हतियार लिएर घुमिरहेको र प्रहरी तथा स्थानीय छिमेकी आउँदासम्म पनि घरमै बसेका थिए । खिमबहादुरले बिहानै मदिरा सेवन गरेका खिमबहादुरले आफूलाई श्रीमतीले पटक पटक हेपेर बोलेको, भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी र स्थानीयलाई बताएका छन् ।
त्रिवेणी ६ का वडाध्यक्ष तथा यो घटनाको विषयमा सुरुदेखि प्रहरीलाई अनुसन्धानमा सघाएका वडाध्यक्ष नरेन्द्र भण्डारीले खिमबहादुरले श्रीमतीको हत्या गर्ने समयमा ४ कक्षामा पढ्ने माइलो छोरासँगै बसेर तरकारी बनाइरहेकी थिइन् भने १४ महिनाको छोरी काखमा बोकेकी थिइन् । ८ कक्षामा पढ्ने जेठो छोरा भने घरको काममा बारीमा गएका थिए ।
Advertisement 1
‘बिहानै अलिअलि मदिरा पिएका रहेछन्, यस्तो जघन्य घटना बनाए, श्रीमतीलाई त मारे, काखमा भएको बच्चा, साथमा भएका छोराहरूलाई कस्तो प्रभाव पर्योहोला कल्पना गर्न सकिँदैन’ उनले भने, ‘दुई जनाबीच विवाद त भइरहने रहेछ, पहिले पनि झगडा हुने रहेछ, छिमेकी बसेर सम्झाउने गरेका थिए ।’विदेश गएर फर्के पनि खिमबहादुर गाउँमै खेती किसानी गरेर बसेका थिए । उनलाई मानसिक समस्या पनि केही हुनसक्ने भण्डारीको अनुमान छ ।
‘त्यो टोलमा ७ घर मात्रै छन्, खिमबहादुरको ससुराली पनि नजिकै छ, माइतीलाई पनि अस्मिताले खतरा रहेको जानकारी दिएकी रहेछन्,’ उनले भने, ‘गाउँमा यस्ता घटनाले निकै समस्या बढाउने भयो, परिवार छिमेकमा उस्तै त्रास भयो, प्रहरी र हामी पुग्दा पनि उनले खुकुरी लिएर हिँडिरहेका थिए, तर हामीले भनेपछि खुरुखुरु हतियार राखेर आए ।’
Advertisement 2
घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख सरोज प्रजापतिले श्रीमतीले डोमिनेट गरेर आवेशमा आएर हत्या गरेको अहिलेसम्म खुलेको बताए ।
‘दुई छोरा र छोरीको श्रीमानले गरेको यस्तो घटनाले परिवार र गाउँमा त्रास देखिएको छ, अझै अनुसन्धान त गरिरहेका छौं, उनी उतिबेलै हाम्रो निमन्त्रणमा आएका हुन् तर उनले स्वीकारेको अनुसार मदिरा सेवनपछि आवेशमा आएको नै भन्नेछ ।’
Advertisement 3
श्रीमती हत्यामा संलग्न भएको आरोपमा खिमबहादुर तत्काल पक्राउ परेका हुन् । उनले मृतकको घाँटीमा खुकुरीले प्रहार गरेका थिए ।
घटनाको अनुसन्धान गर्न नेर्पास्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिवस हिताङको नेतृत्वमा ४ जना र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा थप ६ जना गरी १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । थुम्का स्थानीय काउलाबोट गाउँदेखि नजिकै पर्छ ।
खिमबहादुरको परिवार केही वर्ष अघि माडी र सुकीदह-गंगादेवको सिमानामा पर्ने ओतगाउँबाट बसाइँसराइ गरेर त्यहाँ आएको स्थानीयले जनाएका छन् ।