११ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण

सुरक्षा सम्बादाता १५ फागुन २०८१ काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको मौका दिइएको हो । यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीहरु बताउँछन् ।सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा शिव कुमार महतो नेतृत्वको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन, राधेश्याम झा नेतृत्वको शिवम् कन्स्ट्रक्सन छन् । यी तीनवटै कम्पनीहरु जनकपुरका हुन् ।यसैगरी कार्लमाक्स श्रेष्ठ नेतृत्वको राजिता निर्माण सेवा सुर्खेत, सोना उल्लाह खाँ नेतृत्वको विपिन कन्स्ट्रक्सन पाल्पा, भिम तामाङ नेतृत्वको ए एण्ड डी कन्स्ट्रक्सन, गोपाल प्रसाद घिमिरे नेतृत्वको सूर्यविनायक कन्स्ट्रक्सन दाङलाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।यस्तै श्याम कुमार श्रेष्ठ नेतृत्वको बीटी/जयबाबा जेभी काठमाडौं, तिलकबहादुर मल्ल नेतृत्वको आकांक्षा कन्स्ट्रक्सन काठमाडौं र बिना बीसी नेतृत्वको यज्ञश्वरी निर्माण सेवा बाँकेलाई पनि स्पष्टीकरण सोधिएको छ ।

Advertisement 1

 

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs