
सुरक्षा सम्बादाता १५ फागुन २०८१ काठमाडौं;दुबईबाट काठमाडौं आएका तीन विदेशी तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्। फ्लाई दुवईको एफजेड५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनै जना महिला छन्।
चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनीहरुसँग आठ वटा सुनका टुक्रा बरामद भएको छ। सुन तस्करीमा संलग्न गिरोहले भरियाका रुपमा उनीहरुलाई नेपाल पठाएको आशंका प्रहरीको छ । सुनको परीक्षण हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित : ३ हप्ता अगाडि