नेकपा माओवादी केन्द्रको जागरण अभियानमा नेसपा अध्यक्ष महेन्द्रराय यादव पनि मिसिए

सुरक्षा सम्बादाता १५ फागुन २०८१ काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियानमा नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्रराय यादव पनि मिसिएका छन् ।झापाबाट माओवादीले सुरू गरेको अभियानमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका उपमहासचिव तहका नेताहरु सहभागी छन् ।तर, बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट अलग समूह चलाउँदै आएका यादव पनि आज सुनसरीका विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनी सदनमा माओवादीकै सांसदको रूपमा उपस्थित हुँदै आएका छन् ।बाबुरामले माओवादीसँग एकता गर्न नचाहेपछि यादव पक्षका नेताहरू माओवादीसँग एकता गर्ने निर्णय गरेर अलग भएका थिए । यद्यपि, अहिलेसम्म एकताबारे चर्चा भइरहेपनि ठोस निर्णय भएको छैन । उनले माओवादीले मात्रै अहिलेको व्यवस्थाको रक्षा गर्ने जिकिर गर्दै चाँडै एकता हुने बताए ।

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs