
सुरक्षा सम्बादाता १५ फागुन २०८१ हेटौंडा । मकवानपुर प्रहरीले १२७ किलो लागू औंषध गाँजाको धुलो (पोल्याण्ड) सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर– ६ नयाँ बस्तीस्थित पूर्व– पश्चिम लोकमार्ग सडकखण्डमा साइड लगाई रोकी राखेको बा ७ च ७०१८ नंबरको सुमोलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडिको सिट मुनि लुकाई छिपाई गरी राखिएको अवस्थामा लागू औषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो (पोल्याण्ड) १२७ किलो ९४० ग्राम फेला परेको छ ।
प्रहरीले सुमो चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नंम्बर ९ का ३८ वर्षका लाल बहादुर तामाङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।