स्व. वीरेन्द्र स्मृित क्रिकेट प्रतियोगिता कोहलपुरमा शुरु, सि यूवा क्लब नेपालगन्जको विजयी शुरुवात

१५ फागुन २०८१ कोहलपुर । बाँकेको कोहलपुरमा स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता विहिवारवाट प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान केहलपुरमा शुरु भएको छ । कोहलपुर ३ किरननालाका स्व. वीरेन्द्र शाहिको स्मृतिमा कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृतिमा तेस्रो संस्करण अन्तरगत खुल्ला टि २० क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
आज विहिवार खेल उदघाटन गर्दै लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतमले लुम्विनी प्रदेशलाई खेलकुदको हव वनाउने वचनवद्धता ब्यक्त गरेका छन । उनले चालु बर्षमा खेल क्षेत्रमा न्युन वजेट भएकाले प्रदेशभरि हुने खेलकुदमा खर्च ब्यबस्थापन गर्न नसकेको उल्लेख गर्दै आगामि बर्षमा खेल क्षेत्रमा उल्लेख्य वजेट वनियोजनकालागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउने वताए ।
प्रदेशभरि उर्वर युवाहरु भएको र उनीहरुको सच्चा देशभक्तिलाई उच्च सम्मान गर्दै प्रदेश खेलकुद समितिले यथेष्ठ खेलकुदमा सहभागिता गराउने ध्यय लिएकाले कसैलाई पनि काखापाखा नगरि प्रदेशले देखिनेगरि खेल क्षेत्रलाई प्राथामिकतामा राखेको उल्लेख गरे ।
क्लवका अध्यक्ष अध्यक्ष गम्भिरजंग मल्लको अध्यक्षतामा आयोजित उदघाटन शत्रमा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसि, वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, पुर्व राष्ट्रिय क्रिकेटका कप्तान एलवि क्षेत्रि लगाएतले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उदघाटन खेल सि.एम ११ दाङ्ग र सि क्लव नेपालगञ्जविच सम्पन्न भएको छ । स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा सि यूवा क्लब नेपालगन्जले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा सि यूवा क्लब नेपालगन्जले दिएको १२३ रनको लक्ष्य पछाएको सि।एम एघार युवा क्लब दाङ्ग ले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन मात्र बनाए पछि खेल सि यूवा क्लब नेपालगन्जले १० रनले जितेको थियो । सि।एम एघार युवा क्लब दाङ्गका लागि नवराज शाहीले सर्बाधिक ३५ रन बनाएका थिए भने आकाश खत्रीले २९ रन बनाएका थिए ।
सि यूवा क्लब नेपालगन्जका अजय शाहानीले सर्बाधिक ३ विकेट लिए भने निशान्त आचार्य र सौगात खत्रीले समान २–२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सि यूवा क्लब नेपालगन्जले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १२२ रन बनाएको थियो । सि यूवा क्लब नेपालगन्जका लागि अनिल गिरीले सर्बाधिक २२ रन बनाएका थिए । शुसान्त शाहीले २० विनायक गिरीले १९ र सौगात खत्रीले १३ रन प्रहार गरेका थिए ।
सि.एम एघारका बलर अस्मित शाहीले ४, विष्णु शाहीले २ विकेट लिए ।
नकआउट चरणमा खेलिने खेलमा सि.एम एघार दाङ्गले हार बेहोरे संगै स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको दोस्रो खेल फागुन १७ गते विहान ९ बजे नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली र भिक्ट्री भाईपर नेपालगन्ज विच हुने खेल संयोजक सुमन गुरुङ्गले जानकारी दिए ।
८ वटा टिम सहभागी उक्त प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा फागुन २० गते सम्म हुने आयोजकले जनाएको छ ।

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs