
सुरक्षा सम्बादाता १६ फागुन २०८१ बाँके – कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।हिजोमात्र गृहमन्त्रालयमा सरुवा भएका सीडीओ रिजाललाई नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै उन्ले status लेखेका थिए । रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ ।
मेयर पुर्ण आचार्यको स्टाटसलाई लिएर हामीले सीडीओ रिजालसँग सम्पर्क गर्यौं । मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि खनिएको रिजालले प्रतिक्रिया दिए ।
उनले सुरक्षा राष्ट्रिय दैनिक संग भने,´उनले भनेको स्कूलमा सेन्टर परेन । उनको स्वार्थ पूरा भएन । त्यसैले फेसबुकमा लेखेका हुन् ।`
रिजालले मेयर आचार्यलाई प्रमाण लिएर आउन र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने भनिसकेको बताए ।
Advertisement 1