लागु औषध नियन्त्रण कुनै एक मात्र निकायबाट सम्भव छैन : प्रहरी महानिरीक्षक कुँवर

सुरक्षा सम्बादाता १७ फागुन २०८१ काठमाडौं; नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले लागु औषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन्। शनिबारदेखि नेपाल प्रहरीले सुरु गरेको लागु औषधविरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताए। प्रहरी महानिरीक्षक कुँवरले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।उनले लागु औषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताए। समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रूपमा रहेको लागु औषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गरिएको उनले बताए।उनले लागु औषध कारोबार तथा दुर्व्यसनीका घटना नियन्त्रण र निरुपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन कडा निर्देशन दिए। उनले भने, ‘लागु औषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव हुँदैन। यो सामूहिक दायित्वको विषय हो। यसको लागि प्रो एक्टिभनेस पनि महत्त्वपूर्ण रहेको छ। यसमा व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य छ।’प्रहरी महानिरीक्षक कुँवरले विश्वमा करिब ३० करोड र एसियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागु औषध सेवन कर्ताहरू रहेको बताए। जसमध्ये गाँजा र सोबाट निर्मित लागु औषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको उनले बताए। लागु औषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरू प्रत्येक आर्थिक वर्षमा करिब ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको उनले बताए।

Advertisement 1

 

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs